मायाको मौसम सार्वजनिक : दुई प्रतिभाको राम्रो सुरुवात

संगीतकार गीतकार राजेश श्रेष्ठले तयार पारेको गीत ‘मिठो मिठो मायाको मौसम छ’आज सेलीब्रेटी नेपालको युट्युभबाट सार्वजनिक गरिएको छ । निक्कै रोमान्टिक भावमा तयार पारिएको यो गीतमा संगीतकार गीतकार राजेशले आफ्नो रचना शिल्प र संगीत कौशल देखाएका छन् ।


संगीतकार गीतकार राजेश श्रेष्ठ

शब्द संरचना र लय बिधान जोकोहिलाई सुहाउने भएपनि यो गीत गाउने मौका भने गायिका मेचु धिमालले पाईन । गायिकाले पनि बडा मिठो फिलिग्समा गाएकी छिन् । कम्पोज अरेन्ज सबै उनलाई सुहाएको छ । उनको स्वरमा कहि कतै खोज लागाउने ठाउ छैन । राम्रो संभावना देखाएकी छिन् मेचुले । गीतको भिडियो पनि गज्जबको बनेको छ ।

हेरुका लामाको कोरियोग्राफ़ी र निर्देशनमा बनेको भिडियोमा सुरेश काफ्लेले राम्रो छायॉकंन र ड्रोन चलाएर आफ्नो कमाल देखाएका छन् भने बिष्णु खड्काले राम्रो संपादन र कलर करेक्सन गरेका छन् ।निर्देशक स्यंम र मोडल जेनेलिया श्रेष्ठको अभिनय पनि तारिफ योग्य छ ।मेकअपमा एराज सिंह तामांगको रहेको यो भिडियो सबै कोणबाट प्रशंसा गर्न लायक छ । मोडल जेनेलिया र गायिका मेचुको काम स्तरिय र तारिफ योग्य रहेकाले दुवै संगीतको क्षेत्रमा नजम्लान भन्न सकिन्न । राम्रो अवसर पाउने हो भने दुवै जम्ने कुरामा कुनै शंका छैन ।