हरि र मिनाको जोडी गायनमा जम्दै

संगीतकर्मी हरिशरण सायमीले आफ्नो स्वरमा नयॉ गीत आज सार्वजनिक गरेका छन् । संगीतकार र साउण्ड इन्जिनियरको रुपमा नेपाली संगीतमा स्थापित हरिले आज सार्वजनिक भएको गीतमार्फत गायनमा आफु कमजोर नरहेको जनाउ दिएका छन् । पुर्णरुपमा डान्सिंग बिटको गीत लिएर आएका हरिलाई यसपटक गायिका मिना निरौलाले साथ दिएकी छिन् ।बैशालु ति डाली बोलको यो गीतमा हरिशरण र मिना निरौलाको स्वर खुलेको पनि छ ।

गीत रचना भने मनिषा प्रसाईले गरेकी छिन् । गायन संगीत रचना सबै पक्ष राम्रो रहेको यो गीतमा झुम्न सक्छन् । यो मन त आखिर नेपाली हो भन्ने कुरालाई यस गीतको भिडियो मार्फत पुष्टी गर्न खोजिएको छ । बिदेशका ठुला ठुला स्टार कलाकार नरोजेर नेपाली नै रोजेको देखाउनुको अभिप्राय यहि हो ।

भिडियो कोरियोग्राफ़ी राम्रो छ । कलाकारहरुले राम्रो गरेका छन् । सोनाम पाख्रिनले निर्देशन गरेको यो भिडियोमा ज्ञानेन्द्र शर्माले छायॉकंन गरेका छन् । माधब वेलवासेले सम्पादन गरेका छन् । सबै कुरामा गीत र भिडियो राम्रो बनेको छ। आज एक समारोह बिच कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा यो गीतको रिलिज गरिएको थियो ।