“बरै क्या गरुम नि” सार्वजनिक


हिजोआज बरै शब्द संगीतमा लोकप्रिय हुदै गएको छ । फेरि यहि शब्द प्रयोग गरेर एउटा राम्रो गीत बनेको छ । सरिता प्रजापति र अनिश श्रेष्ठको स्वरमा राष्ट्रिय भावना पनि समेटिएको गीत ‘बरै क्या गरुम’ सार्वजनिक भएको छ ।

पुर्णरुपमा नाच्न मिल्ने यो गीतमा नाचेर देशको पिडा र समस्या उजागर गरिएको छ । यसरी प्रफुल्ल मुडमा पनि समस्या भनेर सकारात्मक सन्देश प्रवाह गर्न सक्षम यो गीतको भिडियो पनि राम्रो बनेको छ । डा. राजुबाबु श्रेष्ठको शब्दमा अनिश श्रेष्ठको संगीत रहेको यो गीतमा दिप सिंहको निर्देशन छ ।शुभ भट्ट, मन थापा, कोसिस राई,अर्जुन थापा, पुनम श्रेष्ठ, सिल्भिक सुर्खेती र इरा महर्जनको नृत्य र अभिनय रहेको भिडियो पनि तारिफ योग्य छ ।