राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न

बाँके । गण्डक प्रदेशनमा भेट्ने बाचा गर्दै आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापन भएको छ । बुधबार बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुदको समापन गरेका थिए । समारोहमा मन्तव्य राख्दै कार्यबहाक राष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुदको तयारीमा आजैबाट लाग्न सुझाएका थिए । उनले पुर्वाधारको निर्माण पुरा नहुँदै हुने राष्ट्रिय खेलकुद बारे आफु जानकार रहेको भन्दै पुर्वाधारको विकास बिना खेलाकुद अघि बढ्न नसक्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुदको समापनसंगै नेपाली खेलकुदले ईतिहास रचेको बताए । उनले अठोट र दृढ संकल्प भएका कुनैपनि कठिन काम सम्पन्न गर्न सक्ने उदाहरण आठौं राष्ट्रिय खेलकुद बनेको दोह¥याए ।

समापन मन्तव्य राख्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले विविध समस्याका बाबजुद आठौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको बताए । राष्ट्रिय खेलकुदलाई सरकारले सागको तयारीको रुपमा समेत लिएको बताउँदै उनले आफुहरुको ध्यान अब सागको तयारीमा केन्द्रित हुने बताए । उनले राष्ट्रिय खेलकुदमा देखिएको कमजोरी गण्डकी प्रदेशमा नदोहरिने बताए ।

प्रदेश ५ का खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले प्रदेश नम्बर ५ ले आठौं आयोजना गरेर नेपाली खेलकुदमा ईतिहास रचेको बताए । प्रतियोगिताको बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी थिईन् । प्रतियोगिताका खेलहरु २०७५ साल चैत २७ गतेनै सुरु भएका थिए ।

समापन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशका खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए ।बुधबार बिहान बसेको राखेपको बोर्ड बैठकले नवौंको संस्करण गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय गरेको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ साल फागुन २० देखि २७ सम्म सञ्चालन गर्ने राखेपको निर्णय छ ।


२०७३ सालमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान आठौंको झण्डा मध्यपश्चिमलाई हस्तान्तरण गरिएको थियो । सोही समय नवौं राष्ट्रिय खेलकुद तत्कालिन पश्चिमाञ्चललाई दिने सहमती गरिएको थियो । सोही सहमतीमा टेकेर राखेपको बोर्ड बैठकले नवौं संस्करण गण्डक प्रदेशमा गर्ने निर्णय गरेको हो ।

प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्यका साथ २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद सुरुका तीन संस्करणपछि नियमित हुन सकेको थिएन । प्रजातन्त्र पुर्नस्थापनापछि अनियमित बनेको राष्ट्रिय खेलकुकद २०७५ सालमा आएर क्रमभंग बनेको छ । ७३ सालमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको राखेपले लगत्तै दुई बर्षमा वृहत राष्ट्रिय खेलकुदको अर्को संस्करण आयोजना गरेर ईतिहास रचेको छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले टिम च्याम्पियनको उपाधि जित्यो । यस्तै नेपाल पुलिस क्लबले दोस्रो र एपीएफ क्लबले तेस्रो स्थान हासिल गर्यो । सर्वाधिक पदक जितेको आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९  पदक जितेको छ । सातौंमा पनि टिम च्याम्पियन्स बनेको आर्मीले ११३ स्वर्णसहित कुल २२५ पदक जितेको थियो ।

पदक तालिका :