दीपक खरेलको नयॉ एल्बम ‘ माई म्युजिकल ओडिसी’ सार्वजनिक


बि.सं. २०७६ सालमा एकल एल्बम निकाल्ने प्रथम गायक बन्न पुगेका वरिष्ठ तथा लोकप्रिय गायक दीपक खरेलको नयॉ एल्बम ‘ माई म्युजिकल ओडिसी’ आज एक सालिन समारोह विच विमोचित गरियो । समारोहमा डा. सनतकुमार वस्ती, गीतकार राजेन्द्र रिजाल,गीतकार बिजय सिवाकोटी मन्चासन थिए भने अन्य वरिष्ठ साहित्यकार गीतकार संगीतकारहरुको पनि उपस्थिती थियो ।


‘पश्चिमा संगीतको दबदबा बढ्दै गर्दा नेपाली सुगम संगीतको आवश्यकता वोध भयो। ती गीत जसले युवामा प्रभाव पारोस्, उनीहरु आकर्षित होउन्’, गायक खरेलले भने, ‘सुगम संगीत नेपाली पहिचानसँग पनि जोडिएको विधा हो। त्यसैले यो एल्बम ल्याएको हुँ।’  समारोहमा सम्बोधन गर्दै गायक दीपकले गुनासो राखे।


विमोचित एल्बममा सातवटा गीत समावेश छ । गीतकारहरु शिला खरेल, राजेन्द्र रिजाल,रवि प्रान्जल,नरेन्द्रराज प्रसाई, प्रकाश सायमी र डा. सनत कुमार वस्तीका शब्द र संगीतकारहरु हरि लम्साल, किरण श्रेष्ठ,प्रवीण बराईली र मनमोहन थपिलियाको संगीत छ ।संगीत संयोजनमा हरि लम्साल , गोपाल रसाईली र मनोज केसीको मिहेनत देखिन्छ ।