“उत्तराखण्ड माउण्टेनवाईक च्यालेन्ज” को उपाधी नेपाली चेली लक्ष्मीलाई

भारतको उत्तराखण्डमा आयोजित ‘ उत्तराखण्ड हिमालय माउन्टेन वाईक च्यालेन्ज’ मा नेपाली साईकलवाज लक्ष्मी मगरले उपाधी जित्न सफल भएकी छिन् । ६ दिन लामो यो रेश ६ सय ५९ किलोमिटरको थियो ।

नैनीतालबाट सुरुभएर देहरादुनमा सम्पन्न भएको यो माउन्टेन वाईक च्यालेन्जमा सात देशवाट १२ महिला साइकलवाजहरुले सहभागिता जनाएका थिए । लक्ष्मीसंगै यो रेसमा अर्की नेपाली साईकल वाज उषा खनाल पनि सहभागी थिईन ।

लक्ष्मीले निर्धारित दुरी २४:३२:१२.६५५ मा पुरा गरेर उपाधी जितेकी थिईन । पुरुषहरुको इभेन्टमा पनि नेपालबाट हर्क लामा, अजय पण्डित , ओकेश बज्राचार्यले सहभागिता जनाएका थिए । सबै नेपाली सहभागीले निर्धारित दुरी पुरा गर्न सफल भएका थिए । प्रतियोगिता साईक्लिन फेडेरेशन अफ इण्डिया र उत्तराखण्ड पर्यटनले संयुक्त रुपमा गरेका थिए ।