नेपाली साईक्लिष्टहरुले एमटिबी च्यालेन्जमा वर्चस्व कायम गरे

नैनीतालमा सम्पन्न एमटिबी नैनीताल २०१९ मा दुइ नेपाली महिलाहरुले आफ्नो वर्चस्व कायम गर्दै बिजेता र उप बिजेता बनेका छन् ।३ घन्टा ३८ मिनेटमा निर्धारित दुरी पुरा गरेर नेपाली साईकल बाज लक्ष्मी मगरले यो साईकल रेशको उपाधी जितेकी छन् भने आर्की नेपाली साईकलबाज उषा खनालले ४ घन्टा २१ मिनेटमा दुरी पुरा गरेर उप बिजेता बनेकी छिन् ।

हालै उत्तराखण्डमै आयोजित आर्को प्रतिस्पर्धा उत्तराखण्ड माउन्टेन बाईक च्यालेन्जमा पनि उपाधी जितेर आफुलाई उत्कृष्ठ साइकलबाजमा प्रमाणित गरेकी लक्ष्मीले भारतमा पनि नेपालको नाम उच्च राख्न सकेकोमा आफुलाई खेलमा अझ उत्साह जागेको प्रतिक्रिया दिएकी छिन् । यसैगरी नेपाल र नेपालीको मान राख्ने उनको प्रयास रहदै आएको देखिन्छ।


यहि प्रतिस्पर्धा पुरुषतर्फ नेपालका अजय पण्डित उपबिजेता रहे भने मास्टरमा हर्क लामा बिजेता रहेका थिए । निक्कै लामो समय पश्चात यसरी नेपाली साइकलबाजहरुले अन्तराष्ट्रीय रेसमा सहभागिता बनेर बिजयी बन्न सकेका हुन ।