“रैथाने मौलिक संगीत”माथी बहस

बिक्रमको तिसको दशकबाट संगीतको अध्ययन सुरु भए पनि नेपालमा संगीतकै वारेमा खाशै बहस विमर्श हुदैनन्। संगीतमा क्रियाशील संघ सस्थाहरुले यदाकदा वहस गराए पनि त्यो मुलरुपमा संगीत अध्ययन र सिर्जनामा आधारित हुदैनन्। बजार व्यवस्थापन र रोयल्टीका मात्रै वहस हुदै आएका देखिन्छन् ।यसै मेसोमा गायिका झुमा लिम्बुले अलि पृथक वहसको थालनी गराउने झमर्को देखाएकी छिन् ।उनले वहसको केन्द्रबिन्दु “रैथाने मौलिक संगीत” मा बनाएकी छिन् ।

रैथाने संगीतको अभियन्ताको रुपमा देखापरेकी झुमाले यसपटक विश्वविद्यालयमा मौलिक संगीत अध्ययन अनुसन्धान र अभ्यासमाथि बहस गराईन । बहस सुन्न शिल्पी पुगेका दर्जनौ संगीतप्रेमीलाई गायिका सुनिता सुव्वा, संगीत शिक्षक राजकुमार मान्नधरले आफ्नो अनुभब सुनाएका थिए ।झुमा सहजकर्ताको रुपमा थिइन ।

गायिका सुनिता सुव्वाले आफ्नो अनुभब सुनाउदै भनिन- मैले पनि मौलिक संगीतको अनुसन्धान गरेकी छु ।२ दशक अधि पाचथरको नवमी डाडाको परिवेशमा लोकगीतको माध्यमबाट लिम्बु जातीको परिवर्तित सामाजिक जीवन अध्ययन गरेकी थिए ।सायद यो नै संगीतको शोध गरिएको यो नै पहिलो हुनुपर्छ ।पर्याप्त स्रोतसामाग्री र बिषयगत गाइड गर्ने कोहि थिएनन ।

शिक्षक राजकुमार मान्नधरले बहसलाई अधि बढाउदै भने – नेपालमा पनि जातिय संगीतको अध्ययन हुन थालेको छ ।सबै जातजातीलाई समेट्न नसकिए पनि केहि जातीको अध्ययन भएको छ ।सामाजिक विभेदले मौलिक संगीतलाई असर गरिरहेको छ । कार्यक्रममा उपस्थित दर्शकहरु वहसबाट निक्कै उत्साहित देखिन्थे ।

केहि सिक्न र जान्न यस्तो वहस प्रभाबकारी हुने उपस्थित धेरैको धारणा थियो । यस्ता कार्यक्रमलाई अझै निरन्तरता दिने सोच गायिका झुमाले बताएकी छिन् ।रैथाने संगीत माथीको यो दोस्रो वहस थियो । यस अधि मुन्धुमभित्रको हाक्पारे संगीतमाथी बहस भएको थियो ।