“परानै दिन्छु” मर्मशिल गीती भिडियो सहित सार्वजनिक

टुवेल्स नोट्सको युट्युभ च्यानलबाट एउटा मर्मशिल गीत भिडियो सहित सार्वजनिक भएको छ । निकेश खड्का निर्देशित यो गीतमा पिडा र खुशी दुवै व्यक्त गरिएको छ । जिवनका आरोह अवरोध मायालाई मिथक बनाएर प्रस्तुत गरिएको छ ।

बोलाचालीको भाषा प्रयोग गरिएको यो गीतमा मेलिना राई र हरि लम्सालको स्वर छ । शब्द प्रह्लाद शाह र संगीत हरि लम्सालको छ । शव्दको मर्म र भाव अनुसार संगीत बनेको छ ।भिडियो पनि गीत अनुसारकै बनेको छ ।

दयाहांग र लक्ष्मी बर्देवाको जिवन्त अभिनय यसमा देखिन्छ । गरिव जीवनशैली भए पनि संसार मायामा नै अटेको छ भन्ने कथनलाई गीत र भिडियोले प्रमाणित गर्न खोजेको देखिन्छ । गीत गुनगुनाउन लायक छ ।

हास भन हाँसी दिन्छु रोउ भन रोई दिन्छु माग तिमी मसंग जे छ परानै मागे परानै दिन्छु “