“चट्ट पियारी” बोलमा नचाउने गीत सार्वजनिक

सेलीब्रेटी नेपालको युट्युभ च्यानलबाट चट्ट पियारी बोलमा एउटा नचाउने गीत सार्वजनिक भएको छ । गीतमा बिनु शाक्यले गज्जबको नृत्य देखाएकी छिन् । उनलाई बिशाल थापाले राम्रो साथ पनि दिएका छन् ।

लिगेश भट्टराईको कोरियोग्राफीमा बनाईएको यो भिडियोमा जीबनलाई रसिलो बनाउने सन्देश प्रवाह गर्दै रमाउनु नै सार्थक जीवनको भनेर पुष्टी गर्न खोजिएको छ । बसन्त अर्याल र वर्षा अर्यालको युगल स्वरमा रहेको यो गीतको भाव पनि त्यस्तै छ । राजन इसानले संगीतसंयोजन गरेको यो गीतमा गायक बसन्तकै शब्द संगीतमा बनेको छ ।

राम कुमार केसीले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन र कलर संयोजन गरेका हुन् । रोमान्टिक गीतको भिडियोलाइ काभ्रे जिल्लाको रमणीय स्थान हरुमा छायांकन गरिएको हो ।