आमाको तेस्रो संस्करणमा सुर्यमाला, दिपेन्द्रको निर्देशनमा अभिनय गर्दै !


“आमा” नामबाट तेस्रो चलचित्र बन्ने भएको छ ।अधिल्ला दुइ चलचित्रभन्दा पृथक कथाबस्तु बोकेर यो चलचित्र बन्दैछ । यसमा आमा छोरी बिचको कथा बुनिएको छ । नयॉ तथा कलाकार रहने यो चलचित्रमार्फत पुरानी अभिनेत्री सुर्यमाला खनाल पनि पुन अभिनयमा देखापर्ने भएकी छिन् ।

४० को दशकमा सुर्यमाला टेलि सिरियल र रंगकर्ममा परिचित नाम थियो । सु्र्यमालासंगै यो चलचित्रमा सुरक्षा पन्त , देशभक्त खनाल ,अशान्त शर्मा, मनिष निरौला , पदम बुढा आदिले पनि अभिनय गर्ने भएका छन् । शर्मिला पाण्डे र सन्तोष अधिकारीले निर्माण गर्ने यो चलचित्र असारमा छायॉकंन सुरु भएर फागुन ९ गते प्रदर्शनमा आउने जनाईएको छ ।

चलचित्रमा दिपेन्द्र के खनालको निर्देशन र छायॉकंन रहने छ ।निकै लामो समय पछि ४०को दशककी लोकप्रिय रंगकर्मी सुर्यमाला खनाल अभिनय नेपाली दर्शकले हेर्न पाउने भएका छन् । बिना चिहानको मृत्यु , मसान टेलिसिरियलमा उनले गरेको अभिनय अहिले पनि यादगार छ ।