मिस नेपाल-२०१९ को उपाधि अनुष्का श्रेष्ठलाई

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि  अनुष्का श्रेष्ठले जितेकी छन् । अनुष्‍काले उपाधि जितेसँगै मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्।

अनुष्‍कालाई अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्।
यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्‍नेत, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् भने मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले जितेकी छन् ।