सांस्कृतिक कार्यक्रम सम्पन्न

संगीत तथा नृत्य प्रशिक्षणमा लामो समयदेखि क्रियाशील रहदै आएको भाइड एकेडेमीको आयोजनामा एउटा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बुद्ध दृष्टि अपांग आश्रम कपनको सहयोगार्थ आयोजित समारोहमा बिभिन्न कलाकारले आफ्नो नृत्य , कमेडी तथा गायन देखाएका थिए ।सहयोगी हातहरुलाई सम्मान पनि दिइएको थियो ।

कार्यक्रमबाट उठेको रकम शारिरिक रुपमा असक्त वाल बालिकाहरुको लागि खर्च गरिने कुरा एकेडेमी संचालिका प्रतिभा राईले बताएकी छिन्।