बालक रोजन बराइलीलाई कान्छा र्यापर को रुपमा

गायक तथा सङ्गीतकार बिनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा र्याप गायकको रुपमा प्रस्तुत गरेका छन् ।

बाल्यकालदेखि नै र्याप सङ्गीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै सङ्गीतको नयाँ र्याप गीत ‘दुःख’ मार्फत साङ्गीतिक क्षेत्रमा ल्याएका हुन् ।

गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा र्यापर बराइलीले र्याप हानेका छन् । उक्त गीतको भिडियो हालै सार्वजनिक भएको छ । उक्त गीतका रचनकार पनि र्यापर बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको सङ्गीत संयोजन छ ।

‘दुःख’ को भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । उक्त गीतमा ठिट्ठा साबको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् । सञ्जित श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन्