“कति सम्झे ,कति भुँले ”

      काठमाडौं – नेपाली संगीतिक दुँनियामा आफ्नो वेग्लै पहिचान वनाएका हङकङ निवासी गायक ज्ञान सुब्बाले कति सम्झे कति भुँले गीतको भिडियो नयाँ वर्षको अवसरमा  हङकङवाट सार्वजानिक गरेका छन् ।

दार्जिलिङका विभिन्न रमणिय स्थानमा छायाङकन गरेर तयार पारिएको म्युजिक भिडियोलाई युटुव मार्फत सार्वजनिक गरिएको हो । माया र प्रेमभावलाई समेटेरनिर्देशक सोनाम पाख्रिनद्धारा तैयार पारिएको म्युजिक भिडियोमा कलाकार दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ ।

छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत, फडिन्द्र राईको एरेन्ज र मिन विष्टले मिक्सिङ र मास्टरिङ गरेका छन् । विष्टले यस अघिनैे नेपालमै पहिलो पटक थ्रिडि प्रविधिमा तैयार पारेको गीत समेत सार्वजानिक गरिसकेका छन् ।

सुव्वाले निर्माण गरेको भिडियोमा उत्सव ढकालको छायांकन, सुशिल न्यौपानेको सम्पादन रहेकोछ।