सौन्दर्यकलामा रमाउदै शर्मिला

सौन्दर्यकला र नृत्यको क्षेत्रमा क्रमश अघि बढि रहेको नाम हो शर्मिला कोइराला । व्यवसायिक सौन्दर्यकर्मीको रुपमा विगत एकदशकदेखि क्रियाशिल रहदै आएकी शर्मिला राम्रो नृत्यांगना पनि हुन् । चाइल्ड डेभलपमेन्ट एण्ड जेण्डर सोसियोलाइजेशनमा स्नातकोत्तर शर्मिला आमा बुवाको जेठो सन्तान पनि हुन् । जिम्मेवारी, काम र कर्तव्यमा प्रत्येकको नजरमा छोराभन्दा कम नरहेको अनूभूति उनीसंग छ ।
पिता शंकरप्रसाद कोइराला कृषि विकास बैंकका कर्मचारी भएको नाताले सोही बैंकले आयोजना गर्ने चित्रकला प्रतियोगितामा सहभागिता जनाउने अवसर शर्मिलाले पाइन् । बैंकको ३३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘बाल चित्रकला प्रतियोगिता २०५६’ मा प्रथम भएपछि उनका कलाकारिताप्रति आकर्षण बढ्दै गयो । जसको फलस्वरुप आजपनि उनी मेकअप आर्ट मेहेन्दी आर्टमा आफ्नो कार्य कुशलता आज पर्यन्त देखाउदै आएकी छिन् । आफ्नो पार्लरमा यसै विषयमा सिक्न चाहने विद्यार्थीहरुलाई तालिम समेत दिदै आएकी छिन् । उनी सबै प्रकारको सौन्दर्यकलामा पोख्त छिन् । एउटी कुशल सौन्दर्यकला प्रशिक्षक (ब्युटिसियन ट्रेनर) को रुपमा उनी अहिले परिचित र स्थापीत छिन् । उनले आवश्यक परेको बेलामा जहीतही पुगेर सौन्दर्य तालिम दिनेगरेकी छिन् । ctvt, क्रियटिभ, jci, pic जस्ता संख्याहरुमा गएर कुशलता पूर्वक प्रशिक्षण दिइसकेकी छिन् ।
शर्मिलाले विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागी बनेर आफूलाई परिचित र अनुभुवी बनाएकी छिन् । ब्युटिसियन आइकन, तीज कम्पिटिसन फर प्रस्नालिटी डेभलपमेन्ट, सेल्फ एण्ड मोडल मेकअप कम्पीटिसन, मिसेस हिमालय, ब्युटिसियन नेपाल, मिसेज क्यापिटल क्वीन, जस्ता प्रतियोगितात्मक कार्यक्रममा कहि प्रतिस्पर्धा कही जज, कहि मेकअप आर्टिसको रुपमा सहभागी बनेर विभिन्न उपाधी, प्रशंसा पत्र हरु दर्जनौ पाएकी छिन् । यसले उनलाई कार्य क्षेत्रमा थप उर्जा दिदै आएकी छ ।
विविध कार्यक्रमहरुमा अनुहार सुहाउँदो मेकअप, हेयरस्टाइलबाट मोडलहरुलाई स्टेजमा निकाल्नु त छदै छ, उनी आफै पनि विभिन्न सेल्फ हेयर स्टाइल र मेकअपका साथ विविध कार्यक्रममा
आफ्नो सहभागिता जनाउँदै आएकी छिन् । कामप्रतिको निरन्तर मेहेनत, लगाव र झुकावले आफूलाई आफ्नो पेशाप्रति थप आत्मविश्वास बनाएकी छिन् । साथै आफ्नो क्षेत्रका हरेक विषयमा निपूर्ण रहनुले व्यक्तिको क्षमतालाई मात्र प्रर्दशित गर्ने नभई व्यक्तिको व्यक्तित्वमा समेत आत्मविश्वासका साथ बलिया सम्भावनाहरुको अनेक वाटाहरु देखापर्छ भन्ने कुरा शर्मिलाले प्रमाणित पनि गरेकी छिन् ।
कुनैपनि कार्यमा तल्लिन भई आफूलाई एउटा उचाईमा पुग्नका लागि परिवारिक सहयोग र समर्थन र आफूभित्र सम्भावना खुबी, रुचि, दृढ संकल्प लगनशिलता, इमानदारिता चाहिन्छ । यो सवालमा शर्मिलामा सबै चिज छ । त्यसैले उनले उचाई लिने कुरामा शंका छैन । समयक्रमले एकदिन शर्मिला नेपालकै उत्कृष्ट सौन्दर्यकमी बन्ने छिन् ।