किरण कडेल साँझ सम्पन्न गायनको साथमा तिन एल्बम बिमोचित

आफ्नो संगीत यात्रा २५ वर्ष पुगेको उपलक्ष्यमा संगीतकर्मी किरण कडेलले आज काठमाडौंमा भव्य सांगीतिक साँझ दिएका छन् । सांस्कृतिक संस्थानको आयोजनामा सम्पन्न भएको किरणको एकल साँझमा १५ वटा गीतहरु प्रस्तुत भएका थिए।

रामकृष्ण ढकाल , सुरजकुमार थापा,मनमोहन थपलिया, बानिका प्रधान , अनुष्का पाठक, शिला विष्ट , प्रविशा अधिकारी, रामभक्त जोजिजु, इतु जोजिजु, जगतमर्दन थापा आदी गायक गायिकाले सानदार प्रस्तुति दिएका थिए ।

समारोहमा किरणबाट संगीतवद्ध तीन एल्बम पनि बिमोचन गरिएको थियो ।आत्माको अनुगुन्जन,लगनगाँठो र मेरी जननी नामक ति एल्बममा बिबिध प्रकारका गीत संगीत सृजना गरिएका छन् ।

पहिले एल्बममा गायिका निखिता थापाको एकल गायन छ भने दोस्रोमा प्रविशा अधिकारी,मेलिना राई,श्रीवस्त खरेल,मिना निरौला,प्रताप दासको स्वर छ । त्यस्तै तेस्रोमा मदनकृष्ण श्रेष्ठ, हरिवंस आचार्य,आनन्द कार्की,रामकृष्ण ढकाल ,शीला विष्ट,दशरथ चौधरी,लगायत अन्य थुप्रैको स्वर छ ।

समारोह वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा संचालन भएको थियो । रत्न शमशेर थापा, दिपक जंगम, डा कृष्णहरि बराल लगायतका संगीतसाधकको बाक्लो उपस्थिति थियो । समारोहमा किरण कडेल आफैले पनि भजन तथा गीतहरु प्रस्तुत गरेका थिए । उनको गायन कुनै व्यवसायिक गायक भन्दा कम थिएन।