वाद्य-बन्दनामा भक्तपुरकी सान इन्दिरा लाछिमस्युको वाद्यकला प्रस्तुति

सांस्कृतिक संस्थानको मासिक श्रृंखलामा बाध्य-बन्दना अन्तरगत  यसपटक भक्तपुरकी चेली इन्दिरा लाछिमस्युले वाद्यकला देखाउने अवसर पाएकी छिन् । सानै उमेरदेखि संगीतकर्ममा रमाउदै आएकी इन्दिराले आफुमा भएको भरपुर सिप कार्यक्रममा प्रस्तुत गरेकी थिईन ।

खचाखच भरिएको प्रक्षालयमा इन्दिराको प्रस्तुतिमा दर्शक रमाएका थिए। विभिन्न नेपाली तथा नेवारी लोकधुन प्रस्तुत गर्दा इन्दिरा खुलेकी थिइन । धिमे बाजा बजाउने पहिलो महिलाको रुपमा परिचित रहदै आएकी इन्दिरालाई कार्यक्रममा परिवारले राम्रो साथ दिएको पाईयो ।

सिंगो परिवार नै संगीतकर्ममा रमाएकाले उनी पनि उत्साहित देखिन्थिन । नेवारी लोकबाजा बजाएर भक्तपुरकी सानको रुपमा परिचित इन्दिरा २०५० सालदेखि संगीतकर्ममा क्रियाशील रहदैआएकी छिन। कार्यक्रम बिभिन्न लब्ध प्रतिष्ठित महानुभावहरुको उपस्थिती थियो । संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रममा यस्ता प्रतिभा उत्थान गर्न संस्थान सदैव लागिपर्ने बताउनु भएको थियो ।