दार्जीलिंगे सिर्जना काठमाडौमा “राजकुमार” खोज्दै

गायिका सिर्जना गुरुङको नयाँ गीत “राज कुमार” को म्युजिक भिडियो सार्बजनिक भएको छ । साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित गीतकार अम्बिका गुरुङको शब्दमा  महेश ज्ञवालीले संगीत भरेका छन् । म्युजिक भिडियोलाइ निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने तारा थापाले सम्पादन गरेका छन् । भिडियोलाइ भाबसागर इन्टरटेन्मेण्टले बजार लिएर आएको छ । सुन्दर तथा आकर्षक मोडल सुनिक्षा मैनालीको  अभिनय रहेकोछ ।

अमेरिकामा आफ्नो कार्यशील जिन्दगी जिउदै बचेखुचेको समय लेखन मार्गमा लगाउदै आएकी गीतकार अम्बिका र सिमापारी दार्जिलिंगबाट नेपाली गायनमा समर्पित गायिका सिर्जनाको यो सहकार्य तारिफ योग्य छ । राम्रो लेखन र सुहाउदो स्वरको कारण गीत गज्जबसंग खुलेको छ ।भिडियो पनि गीत अनुसारकै छ ।

साहित्य कर्म गर्दागर्दै कपाल नै फुलाएकी गीतकार र नवयौवना गायिकाको सहकार्यमा राम्रो गीत बनेको छ । लेखनको अलबा समाजसेवामा क्रियाशील अम्बिका बिशेष गरेर नयॉ प्रतिभालाई अधि बढाउने अभियानमा लागिपर्दै आएकी छिन्। सिर्जनामा पनि आफुले राम्रो संभाबना देखेर यो सहकार्य गरेको गीतकार अम्बिकाले बताएकी छिन् ।

उमेरले पाको र समाजसेवी छबि भएकी गीतकारसंग काम गर्न पाएकोमा गायिका सिर्जना पनि दंग छिन् । गीतकारको परोपकारी मन र सहयोगी भावनाबाट प्रभावित भएर आफुले यो सहकार्य गरेको कुरा गायिका सिर्जनाले बताएकी छिन् ।