रेस्लर युनिका दुवईमा सम्मानित

प्रथम महिला रेस्लर भागवती खड्का ( युनिका ) लाई दुबइ मा सम्मान गरिएको छ। नेपाल खेलाडी तथा प्रशिक्षक संघ युएई शाखाद्वारा अयोजित सम्मान कार्यक्रममा दुवई स्थिति शुभयात्रा ट्राभल्सका खेलाडीहरु सुनिता तमाङ प्रविन श्रेष्ठ तथा सामाजिक, संघ संस्था र बिभिन्न ब्यक्तित्वहरुको उपस्थिती थियो । उक्त सम्मान कार्यक्रममा शुभकामना मन्तब्य दिनु हुनेमा एनआरएन युएई महासचिब कृष्ण पौडेल एनआरएनआईसिसि सदस्य मनोज गोर्खाली जनजाती महासंघ युएई अध्यक्ष पासांग शेर्पा व्यवसायी सुर्य गिरी तोय चौलागाईंले प्रथम महिला रेस्लरलाई प्रत्यक्ष भेटी स्वागत गर्न पाउदा सारै खुशी महसुश भएको र उहाको आगामी दिनहरु अझै प्रगती मय बन्दै जानेमा बिस्वस्त भएको कुरा बताउनु भयो।

त्यसैगरी खेलाडी तथा प्रसिशक संघका बिभिन्न खेलसंग सम्बन्धित खेलडीहरु र एनपिआईका उपाध्यक्ष प्रशुराम घिमिरे र सुभाष श्रेष्ठ ज्युले पनि खेलडीहरुको जीवन संघर्षपुर्ण हुने हुँदा धेरै चुनौती र सामाजिक छेकबार बिच महिलाले यो साहसगर्नु आँफैमा ठुलो चुनौती र अबसर हो भन्न्दै यही रुपले लागि पर्दै जादा सफलताको शिखर पुग्न असम्भब नभएको कुरा सहित हौसला दिनु भएको थियो । यस्तैगरी समाजसेवी तथा ब्यबसायी महिला श्रीमती मोती राईले पनि शुभकामना दिनु हुँदै समाजमा महिला को जुन स्थान छ त्यहाँ बाट माथि आउँदै यसरी पुरुषको बर्चस्व भएको खेल रेस्लिङमा नेपाली चेलीले रुची देखाउनु नमुना योग्य अत्मबल हो । सम्पूर्ण महिलको लागि एउटा पाठ भएको भन्नु हुँदै आफ्नो ठाउमा सकिने सहयोग गर्न आफु तयार रहेको बताउनु भयो।

महिला रेस्लर भागवती खड्काले आफ्नो मनतब्यको क्रममा युएइको यो छोटो भ्रमणमा आफुले यस्तो सम्मान पाउनुले झनै अत्म विश्वाश बढ्नुको साथै भोलिको दिनमा नेपालमा महिला रेस्लिङ क्लबलाई ब्यबस्थित गराउदै नेपाली महिलालाई पनि विश्व रेस्लिङ दौडमा उभ्याउने मुख्य धोको र डब्लुडब्लुएफको रिङ्गमा चढेर देशको सान बढाउने ठुलो अठोट सुनाउदै आफ्नो रेस्लिङ प्रवेसको संघर्ष काहानी सुनाईन।

कार्यक्रम संचालक खेलाडी तथा सामाजिक ब्यक्तित्व एनपिआई युएइअध्यक्ष हिरा लाल श्रेष्ठले समयको पाबन्दी बाबजुद सबै सामाजिक ब्यबसाहिक तथा खेलडीहरु उपस्थित भइदिनु भएकोमा धन्यबाद साथै प्रथम महिला रेस्लर र नेपाल महिला रेस्लर क्लब का संस्थापक अध्यक्ष आदम्य साहसकी धनी भागवती खड्काको युएई बसाइ सुखद र फलदाइ रहनेमा पूर्ण विश्वास ब्यक्त गर्नु हुँदै अनुकुल भएसम्म अग्रजखेलडीहरु समाज सेवीहरुको सहकार्यमा भविष्यमा नेपाली महिलाको रेस्लिङ खेल यु ए ई मा गाराउन कोशीस गरिने प्रतिबद्धता जनाउनु भयो । सुनिता तामांगले युनिकालाई प्रायोजन गरेर दुवई लगेकी थिइन।