रेस्लर ‘जुरेली’ पनि गायनमा

महिला रेस्लिङमा चम्किरहेकी अस्मिता सुनार जुरेली अब गायनमा पनि संक्रिय भएकी छिन् । बेलाबेलामा अभिनयमा पनि देखापर्दै आएकी अस्मिताले ‘ तिम्रो मायाले बाधेर राख’ बोलको आधुनिक गीत गाएकी छिन् । रबि मल्लको शब्द र बिराट कडरियाको संगीत रहेको यो गीतमा संगीत संयोजन ओम सुनारको रहेको छ ।

आकर्षक भिडियो सहित सार्वजनिक गरिएको यो गीतमा गायिका अस्मिता र डिबी बमजमको अभिनय छ । जय कुमार दर्लामीको छांयाकन रहेको यो भिडियोलाई बिनोद चौधरीले संपादन गरेका छन् ।

मिठो आबाज भएकाले रेस्लिङमा जस्तै गायनमा पनि अस्मिता नजम्लिन भन्न सकिन्न । राम्रो गीत पाउने हो भने कुनैदिन अस्मिता पनि लोकप्रिय गायिका बन्ने कुरामा कुनै शंका छैन । आफुमा भएका राम्रो प्रतिभा यो गीत मार्फत देखाएकी छिन् । खेल , गायन र अभिनय तिनै क्षेत्रमा सक्षम रहेको प्रमाणित गरेकी छिन्।

https://youtu.be/-BY0pKN208E