गीतकार सुरेन्द्र महर्जन ‘अमर’को एल्बम “मिर्मिरे” सार्वजनिक

आफ्नो जन्मदिन पारेर गीतकार सुरेन्द्र महर्जन ‘अमर’ले नयॉ गीतिसंग्रह “मिर्मिरे” सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक समारोह बिच सार्वजनिक यस एल्बममा ६ वटा गीत समावेश छन् ।

तृप्ति खड्का, सुर्य कमल राई, सरिता प्रजापति, आश्विनी सिटौला ,संगीता रायमाझी, राम अवाले र दिनेश धानीको स्वर गीतहरुमा रहेका छन् । राम कार्की, बुद्ध सायमी र सुर्य कमल राईको संगीत रहेको यो एल्बममा आधुनिक गीतहरु समावेश छन् ।

उक्त कार्यक्रममा  अथितिका रुपमा गायक धिरज राई ,चलचित्र भाग्यका निर्देशक रोसन श्रेष्ठ , संगीतकार शन्तोष श्रेष्ठ, ज्योतिष अर्जुन क्षेत्रीको उपस्थिति रहेको थियो ।