सांगीतिक इतिहासमा नयॉ रेकर्ड राख्दै गीतकार बी. बी. थापा

नेपाली गीत संगीतमा बि. सं २०४५ सालदेखि संक्रिय रहेर निक्कै राम्रा गीत पस्किदै आईरहेका गीतकार बी. बी. थापाले आज आफुद्वारा सिर्जित गीतहरुलाई समावेश गरेर एकैपटक २७ वटा एल्बम बिमोचन गराउदै छन् । बिभिन्न संगीतकार र गायक गायिकाको स्वरमा यि गीतहरु आजबाट श्रोता दर्शकमाझ आउदैछन् । नेपाली संगीतमा दुई चार वटा एल्बम निकालेर आफुलाई ठुलै गीतकार ठान्ने प्रवृत्ति मौलाईरहेको परिप्रेक्ष्यमा यो निक्कै ठुलो युगान्तकारी काम हो ।

आजसम्म कायम रहेका धेरै रेकर्डहरु आज गीतकार बी. बी. थापाले एकैपटक तोड्दै छन् । निक्कै गहकिला गीत संगीत पस्केर विगतमा पनि राम्रो गीतकारको छबी बनाईसकेका बी. बी. ले नातीकाजीको जिबनकालमै एकल संगीतमा ‘तिम्रो शहर” नामक एल्बम ल्याएर २०४९ सालमा तहल्का नै मच्चाएका थिए । त्यो एल्बममा समावेश “म तिम्रो शहर छोडी” बोलको गीतले उनलाई आजसम्म परिचय र नाम दिईरहेको छ ।

“थाहै थिएन दिल आगो बिना पनि जल्दो रहेछ” , “पुरानो डुंगा”, “त्यो सानो गॉउको” , “परदेशबाट”, लगायतका धरै गीत यिनका चर्चित छन् । निरन्तर गीतिसाधनामा रहिरहेका बी.बी.को आज होटल अन्नपुर्णमा पुर्व उपराष्ट्रपति परमानन्द झाले एकैपटक २७ वटा एल्बम बिमोचन गर्ने कार्यक्रम छ । आजबाट गीतकार बीबी थापा विधिवत रुपमा नेपालमा सबैभन्दा धेरै एल्बम एकैपटक निकाल्ने गीतकार बन्दैछन् । संभवत यो विश्व कृतिमान पनि हुनसक्छ । यति धेरै एल्बम आजसम्म कसैले निकालेको देखिदैन । गीतकार थापालाई हाम्रो शुभकामना ।