गीतकार बी.बी. थापाद्वारा विश्व कृतिमान : एकैपटक २७ एल्बम !

बि.स. २०४१ सालमा गायक दिवाकर खड्काको स्वर तथा संगीतकार राम थापाको संगीतमा बत्ती बाली बोलको गीत रेकर्ड गराएर नेपाली सांगीतिक क्षेत्रमा पदापर्ण गरेका गीतकार बी.बी थापाले आज काठमाडौमा एउटा भब्य कार्यक्रम आयोजना गरि आफ्ना नबिनत् २७ वटा एल्बम सार्वजनिक गरेर सबैभन्दा धेरै एल्बम एकसाथ निकाल्ने विश्वको पहिलो गीतकार बनेर विश्व रेकर्ड कायम गरेका छन् । उनका एल्बमलाई पुर्व उपराष्ट्रपति परमानन्द झाले बिमोचन गरेका थिए । साथमा उनका दुइ पुस्तक आशक्ति र दिल एक धड्कन अनेक गीत गजल संग्रह पनि बिमोचन गरिएको थियो ।

आज विमोचित एल्बमहरु मान्छे,टाढा,लब गुरु,मेहिनी, एक ज़माना पछि,दिललाली,वन्डरफुल ड्रिम्स ,म को हु ,मायाको डुंगा,अकवरी सुन ,नशा मायाको बिर्को,अगेन इन लभ,प्रेमनगर,प्रेमवर्ष,प्रेम पुजारी,क्ल्यासिक हिट्स,कबुल ,प्रभुपद,अन्तिम यात्रा,सुर संगम,नशा रमरौस,क्रेजी लभर,गागलफेदि,नशा मिलाएर पानी,ओ सेरी,धुम्टो र मेरो हजुर हुन् । यि २७ एल्बममा कुल १४० वटा गीत संग्रहित छन् ।

एल्बममा संगीत भने नातीकाजी,शक्तिबल्लभ,दिपक सिलवाल,मनोज चौलागाई,किशोर खतिवडा,शशिबिक्रम थापा,हरिरत्न तुलाधर,ओमबिक्रम विष्ट भीम बिराग,बुद्ध स्यांगबा,सुशिल विश्वकर्मा,ओम सुनार,विकास चौधरी, महेश राज ठाकुर,भुपेन्द्र रायमाझी,सुन्दर थापा,कर्णदास,राम थापा,नारायण थापा,दिपक रमण र गोविन्द थापाको रहेको छ । एउटा गीतमा गीतकार थापाकै संगीत छ ।

 

एल्बममा सुमित खड्का,नरेश बुढाथोकी,प्रकाश तिमलसिना,प्रदिपराज पाण्डे,शिव परियार ,रुबी जोशी,किशोर खतिवडा,दिवाकर खड्का,नारायण थापा,ओम सुनार ,राज सिग्देल,शक्ति बल्लभ ,मोहन क्षितिज,शशी बिक्रम थापा ,थुप्तेन भुटिया,कर्णदास, कुमार कान्छा, सपन राई,प्रकाश श्रेष्ठ,महेशराज ठाकुर,रामकृष्ण ढकाल ,रुवी जोशी,जगदीश समाल,ओम बिक्रम विष्ट,चिरन्जिबी भन्डारी, दीप तुलाधर,इन्दिवर खड्का,सत्यराज आचार्य,सुरेश लामा ,बिशाल सुवाल निशान भट्टराई,मनोजराज जनक गन्दर्भ,शिशिर भण्डारी,आनन्द कार्की,यम बराल,स्वरुपराज आचार्य,प्रेमध्वज प्रधान,मदनकृष्ण श्रेष्ठ,कौशलराज खड्का,रुपक डोटेल र संजय बडालको स्वर छ ।

गायिका तर्फ अन्जु पन्त,सुजाता वर्मा ,मेलिना राई,प्रबित्रा गुरुंग,लिजा लामा,सनु खतिवडा,कबिता थापा,आद्रीका थापा,मेनुका पौडेल,निकिता थापा,सपना श्री,मनिला सोतांग, प्रतिमा राजभन्डारी,बानिका प्रधान,स्मिता दर्नाल,एलिना सापकोटा,रजिना रिमाल,आशा थापा,रुची घिमिरे,श्रध्दा दियाली,सोनी कार्की, निशा लिम्बु , मिना सिंह, रितु कडेल र कबिता श्रेष्ठको स्वर छ ।

बिमोचन समारोहमा उत्साहित हुदै बी. बी. थापाले आफ्नो गीतिकर्म अझै परिस्कृत भएर आउने र आगामी दिनमा पनि संगीतमै रमाउने बताएका थिए । कार्यक्रममा ठूलो संस्यामा संगीतकर्मीहरुको उपस्थिती थियो । यसरी एकैपटक २७ एल्बम सार्वजनिक भएपछि सांगीतिक क्षेत्रमा कायम भएका सम्पुर्ण सांगीतिक रेकर्डहरु तोडिएका छन् । सबैभन्दा धेरै एल्बम निकाल्ने गीतकार ,एकैपटक धेरै एल्बम निकाल्ने गीतकार , सबैभन्दा धेरै गायक गायिकासंग सांगीतिक सहकार्य गर्ने गीतकार जस्ता राष्ट्रिय नेपाल रेकर्ड त उनको नाममा आयो आयो साथमा विश्वमै पहिलोपटक सबैभन्दा धेरै एल्बम एकसाथ निकाल्ने पहिलो गीतकारको रेकर्ड पनि अब उनकै नाममा बनेको छ । कृतिमानी गीतकार बी.बी. थापालाई यस्तो गरिमामय काम गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रेकर्ड बनाउन सफल हुनु भएकोमा बधाई ज्ञापन गर्दछौ।