प्रताप दासको ‘झुटो रैछ तिम्रो माया’ बोलको गीत सार्वजनिक

गीतकार पुनम मोथेको रचना र सरोज पोखरेलको संगीतमा “झुटो रैछ तिम्रो माया” बोलको गीत सार्वजनिक भएको छ । प्रताप दासको स्वर रहेको यो गीतमा आमोस तामांगको संगीत संयोजन रहेकोछ ।

गीतको आकर्षक भिडियो बनेको छ । जीवन शाहीको परिकल्पना र निर्देशनमा यो गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिसा राईको अभिनय छ । उत्सब दाहालको छायॉकंन ,नबिन निरौलाको संपादन रहेको भिडियोलाई मिठो कथामा उनिएको छ ।