चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक:दर्शकमा कौतुहलता

भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् ।

फस्टलुकमा मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ ।  पोष्टरमा साम्राज्ञी र पुष्पको प्रेम वुझ्न सकिन्छ ।चलचित्रको बिषयवस्तुको बारेमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । निर्मात्री गौतम भन्छिन्–‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा चलचित्र बनाएका छौ । चलचित्रमा थुप्रै ट्विस्ट छन् । चलचित्रले दर्शकलाई छुन्छ ।’

चलचित्रको फस्टुलक सार्वजनिक भएसँगै यसलाई लिएर दर्शकमा कौतुहलता बढेको छ । संजय लामाले छायाँकन गरेको चलचित्रमा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ । चलचित्रमा डेव्यु अभिनेत्री रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ ।