मेलिना राई स्वरमा “ के हो माया हो” गीत सार्बजनिक, संपदा बानियॉको अभिनय

गायिका मेलिना राई र दुर्गा बहादुर राईको स्वरमा एउटा मिठो आधुनिक गीत “ के हो माया हो” सार्बजनिक भएको छ । युगल गायनमा मिठो सुनिएको यो गीतमा आशुतोष राईको शब्द र संगीत छ । दिनेश न्यौपानेको संगीत संयोजन रहेको यो गीतको भिडियो पनि गज्जब बनेको छ ।

संपदा बानियॉ र योगेन्द्र राईको अभिनय रहेको यो गीतमा नव ढुंगेलको निर्देशन छ ।अमृत सुनुवारको छायांकन,नविन निरौलाको संपादन र सन्दिप भुजेलको कोरियोग्राफ़ी रहेको गीतले मायालाई बिभिन्न कोणबाट व्याख्या गरिएको छ । सुमधुर संगीत र गायनले गीत राम्रो बनेको छ ।