‘मारुनी’को ‘ जाम न माया जाम’ रिलिज,दिपक बज्राचार्यको स्वरमा पुष्प र साम्राज्ञीको गज्जबको डान्स

चलचित्र ‘मारुनी’ मार्फत गायक दिपक बज्राचार्य फेरि चलचित्र पार्श्वगायनमा देखापरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।  दिपकले आफ्नै संगीतमा तयार पारेको ‘जाम न माया जाम’ बोलको यो गीतमा दिपकले टिपिकल नेपाली धुनलाई टिप्ने झमर्को गरेका छन् । गज्जबसंग खुलेका छन् ।

शब्द रिक्की शाक्यले तयार पारेको गीत फिल्ममा ठुलो कोरस समुहमा नायक नायिकालाई नचाईएको छ । कोरियोग्राफी पनि तारिफ योग्य छ । प्रवीण महर्जनको काम गज्जबको छ । गीतलाई क्लबमा छायांकन गरिएको छ । गीतको भिडियोलाई पनि निर्माण गर्ने कुनै कसर बाँकी राखेको छैन । नायक पुष्प खड्का र नायिका साम्राज्ञीको डान्स गज्जबको छ ।

पुष्प र साम्राज्ञीको डान्सले उनीहरुको फ्यानलाई खुशी बनाउन सक्छ । कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए । यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ ।