जसोदा सुब्बाको स्वर तथा अभिनयमा ‘सिर सिर हावा चल्दा” बोलको गीत सार्वजनिक

गायिका जसोदा सुब्बाको स्वरमा सिर सिर हावा चल्दा बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द संगीतमा बनेको यो गीत सबैकोणबाट राम्रो  छ । गीतको शब्द र संगीतमा राम्रो तालमेल देखिन्छ । संगीतकारको राम्रो कुशलता देखिन्छ । लिम्बु गीत र लोक शैलीका गीतमा मात्रै सुन्दै आईरहेका श्रोताहरुलाई जसोदाको यो आवाज नौलो लाग्न सक्छ । आफ्नो भर्षटायल शैली गज्जबले देखाएकी छिन् उनले ।

गीतको भिडियो पनि तारिफ योग्य छ । जसोदालाई नै अभिनय गराईएको छ । कुनै नायिका भन्दा फरक लाग्दैन उनको अभिनय  हाउभाउ हेर्दा ।अभिनयमा बिशाल तिम्राहांग राईले साथ दिएका छन् । रुपेश थापाले निर्देशन र छायॉकन गरेको यो गीतमा मेधराज मगरातीको संम्पादन छ ।