राष्ट्रियस्तरको महिला रेस्लिङ महाभिडन्त हुने

२०७६ साल जेष्ठ ३२ गते शनिबारका दिन दिउँसो २ बजे देखि ५ बजे सम्म नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा सुर्यबिनायक नगरपालिका भक्तपुर का मेयर बासुदेब थापाको प्रमुख आतिथ्यतामा का म न पा ३१ शान्तिनगरमा राष्ट्रिय स्तरको महिला रेस्लिङ महाभिडन्त हुने भएको छ ।

दिउँसो २ बजेबाट शुरु हुने खेलमा नेपालको पहिलो महिला रेस्लर भगवती खडका युनिका र भिमकाय शरीर भएकी सिर्जना कोजु, अस्मिता जुरेली र आकृती पुन, जमुना तामाङ र गीता जिरेल, तनु ठकुरी र शान्ता धामि बीच महाभिडन्त हुनेछ । रेस्लिङ खेलको रेफ्री गुणराज रुचालले गर्नु हुनेछ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनले यस अघि विभिन्न अवसरमा रेस्लिङ प्रतियोगिताको आयोजना गर्दैै आईरहेको छ । रेस्लर मोडल तथा कलाकार अस्मिता जुरेलीको नृत्य तथा गायन प्रस्तुति पनि कार्यक्रम संगसंगै रहनेछ ।