सिर्जना केसीको स्वरमा “बजाईदेउ न कृष्ण मुरली” को रिमेक

कुनै समयमा लोक गायक धर्मराज थापाको शब्द संगीतमा ज्ञानु राणाले गाएर चर्चामा आएको भजन कृष्ण भजन “बजाईदेउ न कृष्ण मुरली” को रिमेक गरिएको छ । सिर्जना केसीको स्वरमा रिमेक गरिएको यो भजनमा ज्ञानु राणाको स्वर पनि समावेश गरिएको छ ।

युगल बनाईएको यो भजनमा कृष्ण लिलाको विशेष व्याख्या गरिएको छ .तेन्जी लामाको निर्देशनमा तयार पारिएको यो भजनको भिडियोमा कृष्णको बाल्यकालिन गतिविधि देखाईएको छ। नयॉ साज सज्जामा आएको यो भजनमा सिर्जना राम्ररी खुलेकी छिन् ।