‘जाइरा’को कार्यक्रममा नम्रताले ३३औ जन्मदिनको केक काटिन

शुक्रबार काठमाण्डौमा नायिका नम्रता श्रेष्ठको जन्मदिनको अवसर पारेर एक कार्यक्रमकाबिच चलचित्र ‘जाइरा’को पोस्टर सार्वजनिक भएको छ । आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रमा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सृजना रेग्मी, रेमनदास श्रेष्ठ, सुजीता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ । सम्राट बस्नेतको एक्सन रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । ‘जाइरा’लाई लोकेश बज्राचार्यले सम्पादन गर्दैछन् । एनिमेशन र भिएफएक्स अजय शाक्यको काँधमा आएको छ । नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेण्डसेटर्सको प्रस्तुति ‘जाइरा’ का कार्यकारी निर्माता प्रसन्नमान गोपाली हुन् । चलचित्र भदौ ६ गते देखि प्रर्दशन हुँदैछ ।

नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाह गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ । चलचित्रमा नायिका मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् । कार्यक्रममा नायिका नम्रता श्रेष्ठको जन्मदिनको केक समेत काटिएको थियो । नायिका श्रेष्ठले आफू ३३ बर्षमा प्रवेश गरेको बताइन् । उनले आफूले हरेक भूमिकालाई नै महत्व दिने बताइन् । आफूले कुनै पनि क्यारेक्टरमा शत प्रतिशत दिन नसक्दा दर्शकले चिट गरेको वुझ्ने भएकाले मिहिनेत गर्ने उनले सुनाइन् ।