रेस्लिंग महाभिडन्त सम्पन्न

नेपाल महिला रेस्लिंग फ़ाउन्डेशनको आयोजना तथा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, नेपाल टेलिकम प्राधिकरणको प्रायोजनमा रेस्लिंग महाभिडन्त सम्पन्न भएको छ । सुर्यबिनायक नगरपालिकाका मेयर वासुदेव थापाको प्रमुख आतिथ्यमा सम्पन्न यो भिडन्तमा नेपालको पहिलो महिला रेस्लर भगवती खडका युनिका र भिमकाय शरीर भएकी सिर्जना कोजु, अस्मिता जुरेली र आकृती पुन, जमुना तामाङ र गीता जिरेल, तनु ठकुरी र शान्ता धामि बीच महाभिडन्त प्रतिस्पर्धा भएको थियो । रेफ्री गुणराज रुचालले संचालन गरेको यो भिड़न्त निक्कै रोचक र प्रतिस्पर्धी थियो । सबैको आकर्षणकी केन्द्र रेस्लर अस्मिता जुरेली भएकी थिईन । उनको हरकतप्रति सबैको ध्यान गएको देखिन्थ्यो । तस्विरमा  महाभिडन्त हेर्न सक्नु हुनेछ ।