चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २ साउनको पहिलो साताबाट

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि २ नयाँ कोचको इन्ट्री भएको छ । पहिलो सिजनमा रहेका कोचद्धय सनुप पौडेल र अभय बारिएपछि अब मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री भएको हो । योसँगै अब राजु लामा, आस्थाको साथमा पुरानै कोच गायक दीप श्रेष्ठ र प्रमोद खरेलले प्रतिस्पर्धीको मुल्यांकन गर्नेछन् ।आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा ‘द भ्वाइस अफ नेपाल–२’को आयोजकले यो जानकारी दिएको हो ।

यस्तै, हिमालय एचडीबाट यो शो साउनको पहिलो साताबाट प्रशारण हुने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ । साउनको पहिलो साताबाट शुक्रबार र शनिबार बेलुकी ८ बजे यो शो प्रशारण हुने भएको छ । यसपटक, यो शोमा नेपाली दर्शकको चाहना अनुसार विभिन्न शैली परिवर्तन गरिएको बताइएको छ ।

‘द भ्वाइस अफ नेपाल–२’लाई यूनाइटेड  सिमेन्ट्सले टाइटल स्पोन्सर गरेको छ । यस्तै, सह–प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएनजी ग्रुप रहेका छन् भने भोटिङ तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । केएनपी जापान पेन्ट्स र हिमालय हर्बल सहायक प्रायोजकको रुपमा अनुवन्ध भएका छन् । टेलिभिजन र विज्ञापन कम्पनीहरुविच पत्रकार सम्मेलनमा संझौता समेत भएको थियो ।