शशिकलाले फेरि सबैलाई नचाउने भईन नाचिन्छ नाचिन्छ भन्दै

एक दशक पहिले नाच्ने गीत “नाचु नाचु” बाट हिट भएकी गायिका शशिकला मोक्तानले अहिले पनि त्यस्तै प्रकारको छम छमी नाच्न मिल्ने गीत लिएर श्रोतासमक्ष आएकी छिन्न। विनय लामाको शब्द संगीतमा तयार पारिएको नाचिन्छ नाचिन्छ कम्बर भाचिन्छ बोलको यो गीतमा आकर्षक भिडियो बनेको छ ।

हेरुका लामाले निर्देशन तथा कोरियोग्राफ़ी गरेको यो गीतमा एस के महर्जनले क्यामरा र दिलिप योन्जन गरिवले स्म्पादन गरेका छन् । छिरिंग लामा र वर्षा थिंगले आकर्षक नृत्यको साथमा मिठो अभिनय पेश गरेका छन् । साथमा राम्रो कोरस कलाकारहरुको साथ पनि यो गीतमा छ ।

पहिले जस्तै स्कुल कलेजका कार्यक्रम र पिकनिकमा नाच्न मिल्ने गीत बनेकोले शशिकला फेरि गायनमा उत्साहित देखिन्छिन्। सबै कोणबाट गीत तथा भिडियो राम्रो बनेको छ । शशिकलाले आफ्नो गायनलाई यस्तै गीतबाट दिगो राख्ने प्रयत्न गर्ने कुरा पनि बताएकी छिन् । बिशेष गरेर तामांग भाषाको गीतमा राम्रो योगदान दिएकी शशिकलाले सेलो भाकामा आफुलाई अव्वल प्रमाणित गर्दै आएकी छिन् ।