संगीतकार शुभ बहादुर सुनामको एकल संगीत साझ सम्पन्न

वरिष्ठ संगीतकार तथा वाद्यवादक शुभ बहादुर सुनामले आज एउटा भव्य समारोह बिच आफ्नो संगीतमा तयार भएका नयॉ तथा पुराना गीतहरु समेटेर एकल संगीत साझ सम्पन्न गरेका छन् ।तिन दर्जन वाद्यवादकको वादनमा सम्पन्न यो कार्यक्रममा एक दर्जन गीत नयॉ तथा पुराना गायक गायिकाले प्रस्तुत गरेका थिए । साथमा नृत्यको पनि संयोजन गरिएको कार्यक्रममा नेपाली सेनाका प्रमुखको साथमा रथीहरुको बाक्लो उपस्थिती थियो ।

नयॉ तथा पुराना संगीतकर्मीहरुको पनि राम्रो उपस्थिती थियो । आफ्नो संगीत यात्रामा यसरी भव्य रुपमा संगीत साझ सम्पन गर्न पाएकोमा अत्यन्त हर्षित शुभ बहादुर सुनामको सागीतिक योगदान अटल रहेको कुरा कार्यक्रम मा प्रकाश पारिएको थियो ।

कार्यक्रममा शुभ बहादुर संगीतवद्ध गीतहरु गायक आनन्द कार्की , भिम तुलाधर , गायिकाहरु कुन्ति मोक्तान , प्राश्ना शाक्य , निशा देशार , सुजाता वर्मा, जीना रसाईली आदिले प्रस्तुत गरेका थिए भने कार्यक्रममा अर्केस्टा परिचालन अमुल कार्कीढलीको रहेको थियो ।