श्रावण २४ गते काचुली फेर्दै शंकर अधिकारी ‘घायल’

गीतकारबाट चलचित्र लेखक हुँदै निर्देशनमा पाइला राखेका शंकर अधिकारी घायलको पहिलो निर्देशनमा बनेको नेपाली कथानक चलचित्र काचुली यहि श्रावण २४ गते रिलिज हुदैछ । बिजी बर्मा फिल्म्स को ब्यानरमा कला राईको प्रस्तुति रहेको चलचित्रमा शुभेच्छा थापा,सुबास गजुरेल,शर्मिला शर्मा,रबिन श्री, राजन महर्जनका साथमा नव कलाकार दिप कुलुङ,भुमा सापकोटा ,राजन श्रेष्ठ ,रिजन बिसुन्के,अस्मि थापा, अन्जना ज्योती र सुनिता गौतमको अभिनय रहेको छ।

सुशिल डागीको छायांकन ,देव महर्जनको द्वन्द ,राजन महर्जन र दिलिप राईको नृत्य ,राजेन्द्र बजगसी,राजु लामा,शंकर अधिकारी घायलको संगीतमा सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाइ,शम्भुको आवाज रहेको छबिस्वास भण्डारीको सम्पादन ,तिरुपती पिक्चर्सले बितरणको जिम्मा लिएको छ भने इन्टरटेन्टमेन्ट मिडिया पार्ट्नर र रोशन पोख्रेल मिडिया कोर्डिनेटर रहेको काचुली मुभी श्रावण २४ मा अल नेपाल रिलिज हुँदै छ ।