सांस्कृतिक महत्वको गीत : सिंगौरी

गीतकार तथा संगीतकार शशि गुरुग बाग्देलले आफ्नो नयॉ गीत सार्वजनिक गरेका छन् ।नबिन राई र मेलिना राईको युगल गायन रहेको सिंगौरी बोलको यो गीतले नेपाली संस्कृति र भेषभुषालाई राम्रो प्राथमिकता दिएको छ । मिठो गायनमा गीत आएकाले श्रोताको रोजाईमा परिसकेको छ ।

एलिसा राई , श्याम राई , योगेन्द्र , भावना, जंगें, श्याम आदि कलाकारले अभिनयको साथमा कम्मर मर्काएको यो गीत सुन्दा मज्जाले नाच्न मनलाग्छ । अर्जुन तिवारीको छायॉंकन , निशान घिमिरेको संम्पादन रहेको भिडियोमा उमेश गुरुंगको निर्देशन रहेको छ ।

११ मिनेट लामों यो गीत सांस्कृतिक हिसाबले बडा महत्वपूर्ण देखिन्छ । थ्री व्याटल भर्षनमा बनाईएको गीत आकर्षक छ । नयॉ तथा पुराना सबै खालका दर्शकलाई यसले प्रभावित बनाउछ ।