गायक कृष्ण लामाको गीत ‘कोहि न कोहि’ मा दिलिपको निर्देशन

टेलिभिजनमा संगीत मनोरन्जन कार्यक्रम गरेर दर्शक श्रोताहरुमा बिशेष छाप छाड्न सफल दिलिप श्रेष्ठ कुसल म्युजिक भिडियो बनाउन सिपालु छन् । नराम्रा गीत भए पनि उनको सिर्जनशिलता पर्यो भने गीतले सहि आकार पाउछ । ५० कै दशकमा भिडियो बनाएर वाही वाही पाईसकेका दिलिप अहिले जापानमा रहे पनि यदाकदा म्युजिक भिडियोमार्फत गीत संगीतमा संक्रिय रहदै आएका छन् ।

भर्खरै पनि गायक कृष्ण लामाको स्वरमा रहेको गीत कोहि न कोहि मा पनि राम्रो भिडियो बनाएर सार्वजनिक गरेका छन् । जापानकै मनमोहकहरु समेटेर सुट गरिएको यो गीतमा जोन छन्त्यालको शब्द र रमेशराज भट्टराईको संगीत छ ।

गीतमा परिधि झा, कृष्ण लामा आरोही सुबेदी र लाभान्सी कार्कीले अभिनय गरेका छन् । गीत अनुसारको भिडियो बनेको छ । श्रवण भट्टराईको छायॉकंन, शिब पुरीको संपादन रहेको यो भिडियो हेर्दा आफै जापान घुमे जस्तो अनुभूति हुन्छ ।