“ए अधेरी रात” बोलको गीतमा कबिता श्रेष्ठको स्वर

गायिका कबिता श्रेष्ठको स्वरमा “ए अधेरी रात” बोलको गीत सार्वजनिक भएको छ । शब्द संगीत राजेश कुमार श्रेष्ठको रहेको यो गीतमा कबिताले मिठो गला चलाएकी छिन। सुन्दर शब्द र संगीतले पनि उनलाई साथ दिएको छ । व्ल्याक म्युजिकको युट्युभ च्यानलबाट सार्वजनिक गरिएको यो गीत निकै मर्मशिल छ । कबिताको स्वर तारिफ़ योग्य छ । गायन प्रस्तुतीकरण निक्कै मर्मशिल देखिन्छ ।