लायन्स क्लबको ट्राफिक नियम संचेतना अभियान सम्पन्न

लायन्स क्लबको ट्राफिक नियम संचेतना अभियान सम्पन्न । देशमा बढ्दै गएको सावारी नियम तथा कानुन नमान्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र समाजमा ट्राफिक नियम परिपालन गर्न जनचेतना फैलाउने उद्देश्य लिएर आज काठमाडौमा मोटर साइकल कथा स्कुटर रर्याली सम्पन्न गरियो। लायन्स क्लब अफ काठमाडौ आधारको आयोजनामा सम्पन्न यो कार्यक्रममा सयौ युवा युवतीको सहभागिता थियो ।

विहान ८ बजे गंगबु बुद्ध मल अगाडीबाट प्रारम्भ भएर महाराजगंज चक्रपथ, लाजिम्पाट, दरवार मार्ग, भद्रकाली, माईतीघर, वानेश्वर हुदै कोटेश्वरमा पुगेर सम्पन्न भएको थियो । आयोजकका अनुसार उक्त र्‍याली तथा जनचेतना कार्यक्रममा ट्राफिक प्रहरी , विभिन्न क्लबका मेम्बर सहित धेरै जनाको सहभागीता रहेको थियो ।