सिभिल मलमा “लाभा “को आउटलेट स्थापना

रेडियो तथा टेलिभजनमा कार्यरत दुई संचारक्रमीद्वय शिलु अधिकारी श्रेष्ठ र इच्छा गुरुङ शाहको अगुवाईमा भारतिय लोकप्रिय टेक्सटायल ब्रान्ड लाभा नेपाल भित्रिएको छ । दुई मित्रहरुको साझेदारीमा संचालनमा आएको यो स्टोरमा भारतिय एथेनिक वेयर्स लाभा ब्रान्डका सम्पूर्ण महिला टाईटमहरु उपलब्ध हुनेछन् ।

हिजोबाट विधिवत संचालनमा आएको यो स्टोर सिभिल मलको पहिलो तल्लामा छ । व्युटिसियन कमला श्रेष्ठ, गायिका कुन्ती मोक्तान , व्यवसायी निता पौडेल,बिद्यार्थी नेतृ नबिना लामा , मोडल ट्रेनर जयन सुब्वाले संयुक्त रुपमा उदघाटन गरेको यो स्टोरमा महिला वयेरको राम्रो कलेक्सन देखिन्छ । उद्घाटन समारोहमा संगीत र मिडिया क्षेत्रका व्यक्तित्वहरुको राम्रो उपस्थिति देखिन्थ्यो ।