रोमान्टिक गीतमा ‘फुल होईन’ ले आजसम्मका सबै रेकर्ड तोड्यो

संगीतकार एलिस पनि करोड क्लबमा प्रवेश गरेका छन् । नेपाली संगीतमा सानै उमेरदेखि क्रियाशील रहदै आएका एलिस कार्की पनि नेपाली चलचित्र संगीतको करोड क्लबमा पुगेका छन् । आजभन्दा अधिका सबै रेकर्ड तोडेर उनको गीत तीन करोड एकसठ्ठी हजार नाधेको छ । यसअधि कुनै पनि रोमान्टिक गीतको यति धेरै पुगेको थिएन । लोक शैलीका गीत मात्रै करोडमा पुगिरहेको अवस्थामा रोमान्टिक गीत पनि यसरी रुचाईनु ठूलो उपलब्धी हो । एलिसको सबैभन्दा सफलतम गीत पनि यहि ‘ फुल होईन ‘ बनेको छ ।

चलचित्र रोजमा समावेश यो गीतमा राजेश कुमार श्रेष्ठको शब्द छ । श्रोताको पुर्ण रोजाईमा परेको यो गीत वास्तबमा राम्रो पनि छ । सुन्दा मन बिभोर हुन्छ । नयॉ पुस्ताको भाब बोकेको छ। नायक नायिका दुबैको प्रस्तुतीकरण पनि सहि छ । कोरियोग्राफीकै कारण पनि गीत राम्रो मानियो। फिल्म असफल भए पनि गीत सफल हुनुमा एलिसको क्रियसनलाई पनि कारण मानिएको छ । यस गीतको सफलता पछि एलिस पनि बिजी संगीतकार बनेका छन् । साईनो , प्रेमगीत-३,बिस्तारै विस्तारै, हेलो जिन्दगी जस्ता फिल्म अब उनका आउनेवाला छन् । प्रारम्भमा पृष्ठ संगीतबाट चलचित्र संगीतमा प्रवेश गरेका एलिस अव पार्श्व संगीतमा पनि राम्रै जम्मे लक्षण देखिदैछ ।