शिल्पाको वास्तविक जीवनमाथी कविताले गीत गाईन

गायिका कविता श्रेष्ठको स्वर , यामु शर्माको रचना र भोजराज प्रसाईको संगीत रहेको गीत “ तिमी हास्दा “ सार्वजनिक भएको छ । राजेश कुमार श्रेष्ठको संगीत संयोजन रहेको यो गीत मार्मिक छ । प्रेमपिडाका शब्दहरु उनिएको यो गीतमा कविताले मिठो गला चलाएकी छिन् । उनको आवाजमा गीत मिठो पनि सुनिएको छ । पिडात्मक गीतमा उनी खुलेकी छिन् । आधुनिक गीतमा उनी राम्रो जम्ने संकेत यो गीतले दिएको छ ।

लेखन , संगीत स्वर सबै चिटिक्क मिलेकाले गीत कर्ण प्रिय बनेको छ । गीतको भिडियो पनि गीतकै मर्म अनुसार बनेको छ। नायिका शिल्पाकै अहिलेको अवस्था गीतले बोलेको छ  ।

उनले पनि राम्रो अभिनय पेश गरेकी छिन् । पिडात्मक अभिनय उनको सशक्त छ । शिल्पालाई सुमित र योगिसाले पनि साथ दिएका छन् । भिडियोको कथानक राम्रो छ ।आयुष क्षेत्रीको निर्देशन , नवराज उप्रेतीको छायांकन र अविनाश डिसीको संपादन रहेको यो भिडियो संयोगले शिल्पाकै जिवनको वरिपरी घुम्न पुगेको छ ।