गाजल र नयन सम्बन्धि गीत सार्वजनिक

गायक सुबिन्द्र केसीको स्वर , बिनोद खत्रीको शब्द र आर बी लामाको संगीतमा एउटा आधुनिक गीत सार्वजनिक भएको छ ।गाजल लगायौ नयन सजायौ बोलको यो गीतमा प्रबिण केसी, निरु कोईराला , कबिता राय र गणेश अग्रवालको अभिनय छ भने हाबिल घले र अस्मिता लामाको कोरियोग्राफ़ी छ ।

अनिल जिसी र बिशाल केसीको निर्देशनमा बनेको यो भिडियोमा अनिल जिसीकै छायॉकन रहेको छ ।गीत अनुसारको भिडियो र अभिनय राम्रो र नृत्य तारिफ योग्य रहेकाले भिडियो राम्रो बनेको छ । कबिता भिडियोमा बिशेष खुलेकी छिन् ।निरुको नृत्य राम्रो छ । यो गीतमा सम्बन्धि कलाकारहरुको अभिनय र काम हेर्दा राम्रो अवसर पाउने हो भने यो टिमले केहि न केहि गरेर देखाउने संभाबना स्पस्ट देखिन्छ।