लायन्स क्लवद्वारा प्रथम महिला रेस्लर भगवति सम्मानित

नेपालमा रेस्लिङ खेलको विकासमा संक्रिय रहदै आएकी  महिला रेस्लर  भगवती खड्का युनिकालाई लायन्स क्लबले सम्मान गरेको छ । सम्मानको साथमा आफ्नो संस्थामा आवद्ध गरेको छ । काठमाडौमा आयोजित एक समारोह बिच रेस्लर भगबती खड्का युनिकालाई सम्मान प्रदान गरिएको थियो ।

लायन्स क्लब की डिस्ट्रिक गभर्नर इन्दु लम्साल तथा प्रथम महिला सभामुख ओन्सारी धर्तिमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सम्मानित खेलाडी भगवतिकै अध्यक्षतामा अन्य रेस्लर अस्मिता सुनार जुरेली ,सिर्जना कोजु र गीता जिरेललाई समेटेर लायन्स क्लब अफ काठमाडौ एभरेष्ट वोमन रेस्लर पनि गठन गरिएको थियो । नेपालमा रेस्लिङ खेल्ने महिलामा भगबती प्रथम महिला हुन भने उनकै अगुवाईमा समय समयमा महिला भिड़न्त पनि हुदै आईरहेको छ । खेलाडी उत्पादन , प्रशिक्षण, प्रतियोगिता सबै संचालन गर्दै आईरहेको महिलारेस्लिङ संघलाई अझ अगाडी बढाउने उनको उद्देश्य छ ।,