पुष्प र साम्राज्ञी अभिनीत ‘मारुनी’ को ट्रेलर सार्वजनिक

फिल्म ‘मारूनी’को ट्रेलर सार्वजनिक भएकाे छ । फिल्मको यस अगाडी पोस्टरसंगै गीत पनि सार्वजनिक भैसकेका छन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् । पुष्प खड्का , साम्राज्ञी राज्यलक्ष्मी शाह,रेविका गुरुंगको मुख्य भुमिका रहेको यो चलचित्र संजय लामाले छायांकन गरेका हुन् । चलचित्र प्रति दर्शक निकै उत्साहित छन् ।फिल्ममा दुई सुन्दर युवतीको  प्रेम कथा देखाईएको छ । फिल्म भदाै १३ रिलज हुदैछ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साम्राज्ञी र पुष्प पावरफुल भूमिकामा रहेको ट्रेलर हेरेपछि अनुमान लगाउन सकिन्छ । पारिवारिक फिल्म रुचाउने दर्शकलाई ‘मारुनी’ ले हलसम्म डोर्याउन सक्ने ल्याकत ट्रेलरमा देखिन्छ । ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री साम्राज्ञीले चलचित्र गर्नु अगाडि आफू धेरै डराएको बताइन् । उनी भन्छिन्,-‘भूमिका एकदमै राम्रो थियो । कथा सुनेपछि गर्नुपर्छ भन्ने पनि लाग्यो । तर, भूमिका यति शक्तिशाली थियो कि गर्न सक्छु या सक्दिनँ भनेर म डराएकी थिएँ ।चलचित्रका निर्देशक नवल नेपाल र निर्मात्री पूनम गौतमसँग भेट भएपछि ममा आत्मविश्वास आएको थियो । मलाई सबैले बोल्ड नायिका भन्छन् । तर, यसमा बोल्ड संवाद छ ।’

यस्तै, नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा आफूले सशक्त भूमिका पाएको भन्दै टिमको प्रशंसा गरे । उनले भने–‘कि त मान्छे सफल हुन्छ कि त उसले केही अनुभव गर्छ । म पनि यही बाटोमा छु । मारुनीबाट दर्शकको मायाको अपेक्षा छ ।’ चलचित्रका निर्देशक नवल नेपालले यसपटक आफू समयको माग अनुसार आधुनिक हुने प्रयास गरेको बताए । होइन, भने आफ्नो मनबाट निस्किने भाव फरक नहुने उनको तर्क थियो । नायिका रेबिका गुरुङले एउटा सशक्त भूमिकामा काम गर्न पाएको भन्दै निर्माण टिमलाई धन्यवाद दिएकी थिइन् । बोल्ने क्रममा रेबिका भावूक समेत बनिन् ।

चलचित्रकी निर्मात्री पूनम गौतमले आफूहरुले दर्शकको अपेक्षा अनुसारकै चलचित्र बनाएको भन्दै दर्शकले नेपाली चलचित्रलाई नै माया गर्ने बताइन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा उत्साह बढ्ने विश्वास निर्माणपक्षको छ ।