जाइराको एक्सन ट्रेलर सार्वजनिक

भाद्र ६ गते प्रदर्शन हुने आशुतोष राज श्रेष्ठ निर्देशित चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले चलचित्र एक्सन  कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ । २ मिनेट १ सेकेण्डको ट्रेलरबाट फिल्म बदलाको कथामा निर्माण भएको अनुमान लगाउन सकिन्छ । ‘जाइरा’मा नायिका नम्रता श्रेष्ठ अहिलेसम्मकै बोल्ड र ग्लामर अबतारमा प्रस्तुत भएको ट्रेलरले दर्शाउँछ ।

‘जाइरा’मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ ।

ट्रेलर रिलिज कार्यक्रमा नम्रता श्रेष्ठले नेगटिभ भूमिका (खलनायक) मा अभिनय गर्ने इच्छा जाहेर गरेकी छन् । ‘अहिलेसम्म म पोजेटिभ भूमिकामा मात्र देखिएकी छु । तर, मलाई नेगेटिभ रोल गर्ने इच्छा छ’ उनले भनिन् ‘जाइरामा नकारात्मक भूमिकामा रहेकी श्रृजना रेग्मीको क्यारेक्टर निकै मन परेको थियो । तर गर्न पाइन ।’ उनले आगामी दिनमा नेगेटिभ भूमिकामा पनि अभिनय गर्ने बताइन् ।