आशा लामाको ‘रिडी दोभान’ बोलको तिजको कोसेली सार्वजनिक

डेढ दशकदेखि नेपाली गायनमा संक्रिय रहेर अनवरत रुपमा गायनमा देखापरिरहेकी गायिका आशा लामा ‘ज्ञानमाला’ ले यसपालीको तीजलाई मध्यनजर राखेर पश्चिम नेपालको पाल्पा गुल्मी तिर गुनगुनाउने भाकालाई आधार बनाएर रिडी दोभान थेगोमा एउटा मिठो गीत सार्वजनिक गरेकी छिन् । गीत मौलिक भएकाले नयॉ पन देखिएको छ। अडियो र भिडियो एकैसाथ बजारमा आएको उक्त गीतलाई आर.एम.फिल्मस प्रालीले दृष्य निर्माण गरेको हो भने ऐरेन्जर विश्वास नेपालले गरेका छन् ।

भिडियोको अभिनयमा निकै आकर्षित रुपमा निर्मल क्षेत्री र रितु तामाङको प्रस्तुती रहेको छ । भिडियोको निर्देशक राज केसी, छायांकन मुकेश हुमागाई, कोरियोग्राफी केशव भट्ट, सम्पादन प्रकाश एस.के. र मेकअप कविता तोलाङ्गीले गरेका छन् । गीतमा स्वरमा आशालाई कुशल बेलबासे र लेखनाथ आचार्यले साथ दिएका छन् । लय शब्द किशोर बेलवासेको रहेको छ।

गीतले केटा र केटीबीच प्रेम सम्बन्ध जोड्नको लागी गरिएको प्रस्तावलाई  देखाइएको छ । अविबाहित केटीसंग केटाले प्रेमको लागी प्रस्ताव गर्दछ, केटीले पनि  प्रेम गर्न सहमत जनाउन खोजेको जस्तो गर्ने भएकाले गीतको भाका, संगीत, शब्द  निकै रोमाञ्चक बनेको छ । अर्को साल बिबाह गर्ने भन्दै गीत टुङ्गिएको छ।

https://youtu.be/AFMmfQWmfr8