सशक्त मुक्तककार उषाको उपन्यास ‘आधि’ सार्वजनिक

नेपाली साहित्यका सबै बिधामा कलम चलाएर आफुलाई राम्रो लेखिका र साहित्य अनुरागी प्रमाणित गरेर आफ्नो बिशेष पहिचान बनाउन सफल उषा शेरचनको नयॉ औपन्यासिक कृति ‘आधि ‘आज भब्य समारोह बिच सार्वजनिक भएको छ । समारोहमा उपन्यासमाथी साहित्यकर्मी कुमारी लामाले टिप्पणी गरेकी थिईन भने प्रमुख अतिथिको रुपमा निम्ताईएका गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीले उषाका केहि अन्तरंग प्रसंगको साथमा शुभकामना दिएका थिए ।

अर्की साहित्यकार पद्मावति सिंहले पनि उपन्यासको तारिफ गर्दै उषाको  लेखनमा पाइने प्रवृतिगत विशेषताबारे चर्चा गर्दै सफलताको कामना गरेकी थिईन । कार्यक्रममा नेपाली संगीत तथा साहित्य क्षेत्रका सर्जक तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिती थियो । पुस्तक बुक हिल प्रकाशनले बजारमा ल्याएको छ । आफ्नो नविनतम कृति आधिमा उषाले यौनहिंसालाई मियो बनाएकी छिन् ।प्रस्तुति मन छुने खालको छ ।